११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

रोजागरीको नयाँ नयाँ अवसर सिर्जना गर्दै वैदेशिक रोजगारीको विकल्प खोजिन्छः प्रधानमन्त्री ओली


२४  जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देश भित्रै रोजगारीका अवसर सृजना गर्ने बताउनुभएको छ । आज भक्तपुरमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको शुभराम्भ गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । रोजगारीका लागि नयाँ नयाँ अवसरको खोजी गर्ने र वैदेशिक रोजगारीको विकल्प खोजिने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले देश विकासका लागि अहिले उपयुक्त समय रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । “देशमा अहिले युवाको जनसंख्याको बाहुल्यता छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यही युवा जनशक्तिको परिचालन गरेर हामीले देश विकासको फड्को मार्नु पर्दछ । युवाहरुलाई रोजगारीका लागि विदेश जानु पर्ने बाध्यता हटाउछौं ।”

प्रधानमन्त्री ओलीले कतिपय मान्छेहरु क्रान्तीका नाममा हिंसा भड्काउन खोजेको बताउनुभएको छ । “नेपाललाई गरिब बनाइ राख्ने षडयन्त्रमा कोही पनि फस्नु हुदैन ” प्रधानमन्त्री ओलीले भन्नुभयो “हिंसालाई नेपाली समाजले अस्विकार गरिसकेको छ ।” प्रधानमन्त्री ओलीले आजै कटुन्जे – सुवर्ण चौक – तीनधारा सडक निर्माणको पनि शिलान्यास गर्नुभएको छ ।

 

प्रकाशित मिति : २४ जेष्ठ २०७६, शुक्रबार १६:४५