१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

सलमान खानले बच्चालाई धकेलेको भन्दै सेक्युरिटी गार्डको गालामा यसरी हाने झापड (भिडियाेसहित)


२३ जेठ, एजेन्सी । सलमान खानले बच्चालाई धकेलेको भन्दै सेक्युरिटी गार्डको गालामा झापड हानेका छन् । सलमान खान अभिनित चलचित्र ‘भारत’ जनवरी ५ मा रिलिज भइसकेको छ । भर्खरै मुम्बईको एक मलमा उक्त फिल्मको प्रिमियर राखिएको थियो । मलमा सलमान खान पुग्ने बित्तिकै उनलाई हेर्नका लागि फ्यानहरुले चारैतिरबाट घेरेका थिए । यही भीडमा एकजना सानो बच्चासँग सेक्युरिटी गार्डले दुर्व्यवहार गरेको देखेपछि सलमान खानले ती सेक्युरिटी गार्डलाई झापड हानेका छन् ।

समाजिक सञ्जालमा यतिबेला यही घटनाको भिडियो भाइरल भइरहेको छ । भिडियोमा मलमा सलमानलाई हेर्न फ्यानहरुको घुइँचो लागेको छ । भीडलाई हटाउँदै सेक्युरिटी गार्डहरु बाटो बनाइरहेका छन् । त्यसैबीच सलमानले सेक्युरिटीमा खटिएका एक जना गार्डलाई झापड लगाइदिएका छन् ।

भीडमा रहेका ती साना फ्यानलाई सेक्यूरिटी गार्डले ध्यानै नदिएर धकेलेपछि सलमान खानले रिसले सेक्यूरिटी गार्डको गालामा झपड लगाइदिएका हुन् । सलमान खानका फ्यानले यो घटनाको भिडियो रेकर्ड गरेर सार्वजनिक गरेका हुन् । साथै फ्यानहरुले सलमानको प्रशंशा गर्दै सलमानको मन धेरै ठूलो रहेको बताएका छन् ।

प्रकाशित मिति : २३ जेष्ठ २०७६, बिहीबार १२:१७