१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

भुवन के.सी र नायिका रिमा विश्वकर्मा सँगै बसेर के गर्दै छन् ?


२३ जेठ, काठमाडाैँ । अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी लामो समय पछि चलचित्रमा हिरोको भूमिकामा देखिदै छन् । उनको प्रमुख र दोहोरो भूमिका हुने भनिएको चलचित्र “मिस्टर नेपाली” अहिले फ्लोरमा छ। राम्रो चलचित्र र बिशेष भूमिका आएको खन्डमा मात्रै चलचित्रमा काम गर्ने भनेर आफ्नै प्रोडक्सनको चलचित्र मेकिङमा ब्यस्त भुवनले मिस्टर नेपालीको कथा बस्तुले आफुलाई आकर्सित गरेकाले सो चलचित्रमा काम गर्न राजी भएको बताएका छन् । उनी चलचित्रमा नायिका रिमा विश्वकर्मासँग देखिदै छन्।

चलचित्रमा भुवन र रिमाका अलवा केही नयाँ र पुराना कलाकार पनि छन् । उनले नयाँलाई सपोर्ट गर्न पर्ने भन्दै चलचित्रको फ्रन्टमा नयाँ टाउको राख्न पर्ने जनाए। छोरा अनमोल केसिको चलचित्रले राम्रो सफलता पाइरहदा र लभर ब्वाईका रुपमा चर्चित भईरहदा बुवाको पनि रोमान्स हेर्न पक्कै दर्सक उत्साहित बन्लान तर भुवनलाई भने आफ्नो टाउको प्रोमोसनमा राख्दा अटेन्सन नपाईने हो कि भन्ने डर छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७६, बिहीबार ११:५६