८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा सहदेव धमला महासचिवको उम्मेद्धार


२२ जेठ, काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा सहदेव धमलाले महासचिवको उम्मेद्धारीकाे घाेषणा गरेका छन् । यही जेठ २५ गते हुने ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा युवा पर्यटन व्यवसायी सहदेव धमलाले आफू महासचिवको मुख्य दाबेदार रहेको समेत बताएका छन् । काठमाडौँ इको होटलका प्रबन्ध निर्देशक समेत रहेका धमलाले केही नयाँ भिजन र एजेण्डाकासाथ आफू महासचिवकाे उम्मेद्वार बन्न लागेकाे बताएका छन् ।

महासचिवकाे उम्मेद्वार बन्न लागेका धमलाले ठमेल आसपासमा रहेका सम्पदा क्षेत्रहरुको संरक्षण र प्रवर्धन गर्ने, सरकारी निकाय, व्यवसायी, घरधनी र निजी क्षेत्रसँग नियमित अन्तक्रिया गरि समस्याहरुको समाधान गर्ने, अनाधिकृत गतिविधिहरु रोक्ने, परिषद्प्रति सदस्य तथा व्यवसायीहरुलाई अपनत्वबोध गराउने तथा आपतकालिन समस्या समाधान गर्नका लागि उद्धार टोली गठन गरि काम गर्ने साेच राखेकाे समेत बताए ।

धमलाले परिषदमा आफू गएपछि बार्षिक क्यालेन्डर बनाएर काम गर्ने बताए । उनले सरकारी निकाय, व्यवसायी र घरधनी निरन्तर छलफलमा रहने र हरेक समस्याको सधान त्यहीँबाट खोज्ने बताए । भिजन २०२० मा ठमेललाई एउटा उत्साहलय जस्तो बनाउने र ठमेल प्रति पर्यटकको आकर्षण बढाउने नीति लिने पनि बताए । धमलाले यस अघि परिषद्को कार्यसमिति सदस्यमा रही विदेश विभागको नेतृत्व समेत सम्हालिसकेका छन् ।

धमला अगेनो द हिस्टिया रेष्टुरेन्टका सञ्चालक, गोल्डेन होराइजन एकेडेमीका सञ्चालक, आर्ट फर ग्लोबल पीसका महासचिव तथा लाइन्स क्लब अफ काठमाडौँ स्प्रिचुअलका कोषाध्यक्ष समेत रहेका छन् ।

परिषद्को २३ औं तथा २४ औं वार्षिक साधारणसभा तथा निर्वाचन यही जेठ २५ गते हुँदैछ । परिषदमा ८ सय २ सदस्य रहेका छन् भने १७ सदस्यीय कार्यसमितिका लागि निर्वाचन हुँदैछ । जसमा २ सदस्य मनोनित गर्ने विधानमा उल्लेख छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार २१:०५