१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

द्वारिकाजीको आक्रोश पितपत्रकारिता र भ्रष्टाचारविरुद्ध भए पनि अभिव्यक्ति गलतः मुख्यमन्त्री पोखरेल


२२ जेठ, काठमाडाैँ । प्रदेश ५ का मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य शंकर पोखरेलले इटहरी उपमहानगरपालिका मेयर द्वारिका चौधरीको आक्रोश पितपत्रकारिता र भ्रष्टाचार विरुद्ध भए पनि अभिव्यक्ति भने गलत रहेको बताएका छन । सामाजिक सञ्जाल मार्फत मेयर चाैधरीको अभिव्यक्तिबारे टिप्पणी गर्दै मुख्यमन्त्री पोखरेलले चाैधरीलाइ  जनप्रतिनिधि र पार्टी कार्यकर्ता दुवै हिसावले आफ्ना अभिव्यक्तिलाई सच्याउदै आत्मआलोचना गर्न सुझाव दिएका छन ।

मुख्यमन्त्री पोखरेलले लेखका छन ‘इटहरिका मेयर द्वारिका चौधरी हकी स्वभावको हुनुहुन्छ भन्ने कुरा त उहाँको अभिव्यक्तिवाटै थाह हुन्छ । तर पार्टीको मान्यताका वारेमा भने उहाँका वुझाईहरु भने पूर्णतः त्रुटीपूर्ण छन् । नेकपा विधिको शासन र लोकतान्त्रिक मुल्यमान्यताप्रति दृढ छ । जवजवाट दिक्षित कार्यकर्ताले त लोकतान्त्रिक मुल्य मान्यता र विधिको शासन प्रति झनै प्रतिवद्ध रहनुपर्ने हुन्छ । द्वारिकजीको आक्रोस पितपत्रकारिता र भ्रष्टाचार विरुद्ध भए पनि अभिव्यक्ति भने अस्वभाविक र गलत छन् । तसर्थ उहाँले जनप्रतिनिधि र पार्टी कार्यकर्ता दुवै हिसावले आफ्ना अभिव्यक्तिलाई सच्याउदै आत्मआलोचना गर्नु उचित हुनेछ ।’

यसअघि चाैधरीले पत्रकार विराट अनुपमको नाकको डाँडी एक करोड रूपैयाँ खर्च गरेर भए पनि भाँच्ने बताएका थिए । अनुपमको समाजिक सञ्जालमा समेत अनावश्यक प्रतिक्रिया जनाउँदै आएका मेयर चौधरीले पछिल्लो समय फोनमा धम्की दिदै नाक भाच्नका लागि १ करोड रूपैया छुट्टयाइएको चेतावनी दिएका छन । उनले फोन गर्दै भनेका छन्, ‘तिम्रो नाकको हड्डी भाच्‍न १ करोड छुट्टयाएको छु र एउटा घडेरी पनि छुट्टाएको छु ।’

केही समयअघि कर्मचारीमाथि हातपात र पत्रकारलाई अभद्र व्यवहार गर्दै आलोचित मेयर चौधरी काठमाडौंमा बस्दै आएका छन्।समाजिक सञ्जालमा समेत मेयर चौधरीले अब पालो तिम्रो भन्दै कमेन्ट गरेको गुनासो अनुपमले गरेका छन्।

मंगलबार दिउँसो १ बजेको समयमा फोन गरेरै उनले परशुराम बस्नेतलाई आफूले परिचालन गरिसकेको भन्दै पुन धम्की दिएका छन । उनले ‘तेरो नाकको हड्डी भाँचिदिन्छु’ भन्दै त्यसको लागि मान्छे पारिचालन गरिसकेको बताएका छन । ६ मिनेट लामो कुराकानीमा उनले आफूले सुपारी दिइसकेकोले सुरक्षित हुन अनुपमलाइ भनेका छन ।

–एक करोड र एउटा घडेरी दिएर पत्रकारको नाक भाँच्ने नेकपाका नेताको चेतावनी (अडियोसहित)

प्रकाशित मिति : २२ जेष्ठ २०७६, बुधबार १०:१३