१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

एक करोड र एउटा घडेरी दिएर पत्रकारको नाक भाँच्ने नेकपाका नेताको चेतावनी (अडियोसहित)


२१ जेठ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं इटहरिका मेयर द्धारिका चाैधरीले एक करोड रूपैयाँ र एउटा घडेरी दिएर भए पनि पत्रकारको नाकको डाँडी भाँच्ने चेतावनी दिएका छन । मोरङका पत्रकार बिराट अनुपमलाई सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले कुटपिटको धम्की दिएका हुन ।

अनुपमको समाजिक सञ्जालमा समेत अनावश्यक प्रतिक्रिया जनाउँदै आएका मेयर चौधरीले पछिल्लो समय फोनमा धम्की दिदै नाक भाच्नका लागि १ करोड रूपैया छुट्टयाइएको चेतावनी दिएका छन । उनले फोन गर्दै भनेका छन्, ‘तिम्रो नाकको हड्डी भाच्‍न १ करोड छुट्टयाएको छु र एउटा घडेरी पनि छुट्टाएको छु ।’

केही समयअघि कर्मचारीमाथि हातपात र पत्रकारलाई अभद्र व्यवहार गर्दै आलोचित मेयर चौधरी काठमाडौंमा बस्दै आएका छन्।समाजिक सञ्जालमा समेत मेयर चौधरीले अब पालो तिम्रो भन्दै कमेन्ट गरेको गुनासो अनुपमले गरेका छन्।

मंगलबार दिउँसो १ बजेको समयमा फोन गरेरै उनले परशुराम बस्नेतलाई आफूले परिचालन गरिसकेको भन्दै पुन धम्की दिएका छन । उनले ‘तेरो नाकको हड्डी भाँचिदिन्छु’ भन्दै त्यसको लागि मान्छे पारिचालन गरिसकेको बताएका छन । ६ मिनेट लामो कुराकानीमा उनले आफूले सुपारी दिइसकेकोले सुरक्षित हुन अनुपमलाइ भनेका छन ।

अडियो साैजन्य नेपाल लाइभ

अर्को पनि सुन्नुहोस अडियो

प्रकाशित मिति : २१ जेष्ठ २०७६, मंगलवार २२:४८