१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

ताप्लेजुङका पर्यटकीय स्थलकाे विकास र प्रवर्द्धन गर्न तीनजुरे–गुफा–पाथीभरा पदयात्रा महोत्सव


२६ चैत, काठमाडौँ । ताप्लेजुङमा संसारको तेश्रो र नेपालको दोस्रो उच्च हिमशिखर कञ्चनजङघा र अन्य ५ वटा हिमालहरु ८ हजार मिटर भन्दा वढि उचाईका छन् । धार्मिक सांस्कृतिक रुपले पाथीभरा नेपालकै प्रसिद्ध धार्मिक स्थल हो । दिकिछ्योलीङ गुम्वा, फुङफुङे झरना, तिङवुङ पोखरी, फत्ताङलुङ आदी पनि धेरै साँस्कृतिक महत्वका छन ।

तीनजुरे, मिल्के र जलजले क्षेत्र गुराँसको राजधानी हो । विश्वमा ४२ प्रजातिका गुराँस पाइन्छ । ती मध्ये नेपालमा ३२ प्रजातिका छन् । नेपालमा पाइने ३२ प्रजाति मध्ये यही क्षेत्रमा २८ प्रजातिका यही क्षेत्रमा पाइन्छन् । हिमाली क्षेत्रमा विश्वकै दुर्लभ जन्तु रेडपाण्डा पनि पाईन्छ । सयका अवला ताप्लेजुङमा धेरै सुन्दर ठाउहरु पनि छन ।

प्राकृतिक हिसाबले यी क्षेत्रहरु सुन्दर भएर पनि तुलनात्मक रुपमा पर्यटकहरुको आवागमन भने कम छ । अद्वितीय भूबनोटका कारण नेपाल सरकारले विश्व वन्यजन्तु कोषको ‘जिवित ग्रह अभियान’को समर्थनमा २९ अप्रिल १९९७ मा कञ्चनजंघा क्षेत्रलाई ‘पृथ्वीको लागि उपहार’ घोषणा गरेको छ । तर यस क्षेत्रमा सुन्दर प्राकृतिक हिसावले जति पर्यटक पुग्नुपर्ने हो त्यति पुग्न सकेका छैनन् ।

यीनै क्षेत्रहरुको प्रचार–प्रसार, बिकास र प्रर्बद्धनको निम्ती ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंले यहि चैत २७ गतेबाट ३ बैसाख २०७५ सम्म तीनजुरे–गुफा–पाथीभरा पदयात्रा महोत्सवको आयोजना गरेको छ । यसै सन्दर्भमा ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंका सचिव एंव तीनजुरे–गुफा–पाथीभरा पदयात्रा महोत्सवका सचिव सन्तोष मादेन सँग दैनिकी डट कमले गरेको संछिप्त कुराकानी ।

तीनजुरे–गुफा–पाथीभरा पदयात्रा महोत्सव किन ?
ताप्लेजुङको कञ्चनजङघा क्षेत्र अद्धितिय भूबनोटका कारण नेपाल सरकारले विश्व वन्यजन्तु कोषको जिवित ग्रह अभियानको समर्थनमा २९ अप्रिल १९९७ मा यस क्षेत्रलाई “पृथ्वीको लागि उपहार” घोषणा थियो । नेपालको दोस्रो र संसारको तेश्रो उच्चहिमशिखर कञ्चनजङघा साथै अन्य ५ वटा हिमालहरु ८ हजार मिटर भन्दा वढि उचाईका छन् । धार्मिक सांस्कृतिक रुपले पाथिभरा नेपालकै प्रसिद्ध धार्मिक स्थल हो । तिनजुरे, मिल्के र जलजले क्षेत्र गुराँसको राजधानी हो ।

विश्वमा ४२ प्रजातिका गुराँस पाइन्छन, ती मध्ये नेपालमा ३२ प्रजातिका छन् । नेपालमा पाइने ३२ प्रजाति मध्ये यही क्षेत्रमा २८ प्रजातिका यही क्षेत्रमा पाइन्छन् र यो क्षेत्र नेपालकै सुन्दर क्षेत्र हो । यस क्षेत्रको प्रचार–प्रसारको अभावले त्यस क्षेत्रमा जान चाहने पर्यटकहरु लैजान त्यस क्षेत्रका पर्यटकीय विषय वस्तुहरु वेच्न सकिरहेका छैनौं । यसै सन्र्दभमा त्यस क्षेत्रको प्रचार–प्रसार गरी पर्यटकीय स्थलको बिकास र प्रबद्र्धन गर्ने उद्देश्यले यो हामीले पदयात्रा महोत्सवको आयोजना गरेका हौं ।

त्यसैले ताप्लेजुङमा रहेका धार्मिक स्थलहरु, दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी, विविध वनस्पतिहरुको बारेमा स्थानीयबासी तथा सरोकारवाला छलफल र संरक्षणमा लाग्नको निम्ति सर्किट ट्रेकको रुपमा तीनजुरे, मिल्के, गुफा, पाथीभरा लगाएत अन्य स्थलहरुमा पनि पदयात्रा गर्दै महोत्सव अन्त्य गर्ने छौं ।

छोटकरीमा पदयात्राको तालिका कस्तो छ ?

कार्यक्रम यही चैत २७ गते देखी सुरु भएर २०७५ बैसाख ३ गते सकिनेछ । काठमाडौंबाट सुरु भई टुटे देउरालीबाट पदयात्रा गर्दै तीनजुरे–चौकी–गुफापोखरी–मिल्के हुँदै पाथीभराको चुलीमा पुगि फर्केर फिदिम–सिलौटे–पौवाभञ्ज्याङ–कन्याम–श्रीअन्तुहुँदै काठमाडौंमा यो यो यात्रा समापन हुनेछ । पदयात्राका क्रममा पर्यटनसम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रमहरु, चौकीमा लालीगुराँशसम्बन्धी जनचेतनामूलक कार्यक्रम, गुफामा लालीगुराँशको सरक्षण र विकाससम्बन्धी र मैवाखोला गाउँपालिकाको साँघुमा ताप्लेजुङको विकासमा पर्यटनको भूमिका विषयक कार्यक्रम हुनेछ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा ताप्लेजुङको विकास, सम्भावना र चुनौति विषयक कार्यपत्र प्रस्तुत हुनेछ ।

हामीले पदयात्रा तलिका तयार गरेका छौं, चैत्र २७ गते विहान ५ वजे काठमाडौंबाट धरान प्रस्थान गर्नेछौं दिउसो ३ वजे धरानमा पुग्छौं र वसन्तपुर गुराँस पार्क अवलोकन र टुटे देउरालीमा वास वस्छौं । चैत्र २८ गते टुटे देउराली वाट तीनजुरे–चौकी–मंगलबारे–गुफा क्षेत्रको अवलोकन र साँझमा मेन्छ्यायेम डाँडाबाट सुर्यास्तको दृश्यावलोकन र गुफामा वास हुनेछ । चैत्र २९ गते बिहान मेन्छ्यायेम हाइटबाट सूर्योदयका साथै कंचनजंघादेखि गौरीशंकरसम्मको दृश्यावलोकन र मिल्के क्षेत्रमा पाइने सबैभन्दा बढी गुराँसको अवलोकन गरी साँघु हुदै ढुंगेसाँघुमा मदन भण्डारीको जन्मघर अवलोकन पछि तेल्लावुङ ढुंगेसाँघुमा वास वस्नेछौं ।

चैत्र ३० गते बिहान दोभान हुदै ताप्लेजुङ फुङलिङमा कार्यक्रम गरी, सुकेटार हुदै पाथीभरा फेदीमा वास वस्नेछौं । वैशाख १ गते पाथीभरा डाँडाबाट सूर्योदय र त्यहाँबाट देखिने हिमश्रृंखलाहरुको दृश्यावलोकन, पाथीभरा देवीको दर्शन र नयाँ वर्ष २०७५ हर्षोल्लासका साथ मनाई साँझमा सुकेटारमा नयाँ वर्ष मनाउनेछौं । वैशाख २ गते फुङलिङ वजारवाट पाँचथरको हिलिहाङ दरवार, सिलौटे, पौवाभन्ज्याङ, कन्यामलगायत पर्यटकीय क्षेत्रको अवलोकन गरी श्रीअन्तुमा वास वस्ने छौं र वैशाख ३ गते बिहान श्रीअन्तुबाट सुर्योदयको दृश्यावलोकन गरी काठमाडौंं फर्कने छौं ।

कार्यक्रमको तयारी कस्तो हुदै छ ?

ताप्लेजुङ सरोकार केन्द्रले कार्यक्रम लागि एउटा व्यवस्थापन समिति तयार गरेको छ । यस अन्र्तगत बिभिन्न आवश्यक उपसमितिहरु निर्माण भएकाछन । विभिन्न क्षेत्रवाट उच्च ओहदामा पुगेका, यस क्षेत्रका विज्ञहरुको परामर्श समिति निर्माण भएको छ । कार्यक्रमको वारेमा जानकारी गर्ने पत्रपत्रिका, सामाजिक सञ्जाल साथै टिभि विज्ञापन पनि निर्माण गरेका छौं ।

कार्यक्रमलाई व्यापक वनाउन प्रचार प्रसाल समिति नै निर्माण गरेका छौं । पदयात्राका क्रममा बिभिन्न स्थानहरुमा कार्यक्रम लागि समन्वय गर्न समिति व्यक्तिहरुलाइृ जिम्मेवारी तोकेका छौं । व्यवस्थापन समितिको वैठकको छलफल र विभिन्न क्षेत्रका साथिहरु संग सल्लाहगरी सचिवालय बाट कार्यक्रमको संयोजन तिव्र गतिमा भईरहेको छ । ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटा र पाँचथर लगायतका माननीय सांसदहरु, जिल्ला समन्वय समिति र स्थानीय स्थानीय नगरपालिका÷गाउँपालिकाका जनप्रतिनिधिहरुसँग पनि समन्वय भईरहेकोछ ।

साथै उद्योगवाणिज्य सघ, पर्यटन व्यवसायी, पत्रकार, लेखक–कलाकार, बुद्धिजीवि, सामाजिक अभियन्ता, राजनीतिक व्यतित्व, व्यापारीहरुको पनि छलफल र सहयोग छ । र सहभागि हुने महानुभावका लागि स्वास्थ्य, सुरक्षित यात्रा र त्यहाँका साँस्कृतिक मनोरञ्जनलाई व्यबस्थित गर्न स्थानीय व्यक्ति संग समन्वय गर्दै छौं, हाम्रो तयारी तिव्र रुपमा जारी छ ।

यो पदयात्रा महोत्सवले के पाईदा पु¥याउछ ?

फाईदा त अवश्य छ, मुलत त्यस क्षेत्र र स्थानीयवासीहरुलाई तर त्यो सवाल भन्दा, नेपालको समृद्धिको लागि एउटा मुख्य आधार नै पर्यटन उद्योग हो । ताप्लेजुङमा भएका प्राकृतिक, धार्मिक तथा पर्यटकीय स्थलहरुमा पर्यटक धेरै भन्दा धेरै लगि त्यस क्षेत्रको विकास गर्नु हो ।

यसको निम्ति ताप्लेजुङमा रहेका पर्यटकीय स्थलहरुको आवश्यक बिकास र प्रबद्र्धनको निम्ती सरकारले ठोस सहयोग गर्नुपर्छ । कञ्चनजङघा रुटको लागि आबश्यक भौतिक संरचना निर्माणमा ध्यान दिनुपर्छ । विभिन्न सर्किट ट्रेक, टि हाउसका निम्ति पर्याप्त होटल, लज निर्माण गर्ने वातावरण र यस्ता नमुना स्थलहरु वनाईनु पर्छ ।

प्रकाशित मिति : २६ चैत्र २०७४, सोमबार १५:५९