१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

ट्रककाे ठक्करबाट गम्भीर घाइते भएका युवकले श्रीमतीलाई भिडियो कल गरेर फेरे अन्तिम सास


१९ जेठ, भारत । ट्रककाे ठक्करबाट गम्भीर घाइते भएका युवकले श्रीमतीलाई भिडियो कल गरेर फेरे अन्तिम सास फेरेका छन् । भारतको बेगूसरायको नेशनल हाइवे–२८ मा बाइकमा सवार राजाराम पण्डितलाई ट्रकले ठक्कर दिएर गम्भीर घाइते भए । ट्रककाे ठक्करबाट सडकमा खसेका पण्डितकाे ट्रकको पाङ्ग्राले कुल्चिँदा एउटा खुट्टा तिघ्राबाटै छिनेकाे थियाे । उनले आफ्नो स्थिती देखाउन श्रीमतीलाई भिडियो कलसमेत गरेका थिए ।

प्रत्यक्षदर्शीले इयरफोन लगाएर बाइक चलाइरहेका पण्डितले ट्रकको हर्न नसुन्दा दुर्घटना भएकाे बताएका छन् । तीन वर्ष अघि मात्रै विवाह गरेका पण्डित श्रीमतीलाई भिडियो कल गर्नेबित्तिकै बेहोस भएपछि उनलाई पुलिसले बेगूसरायस्थित अस्पताल पुर्याए पनि उनकाे मृत्यु भएकाे जनाइएकाे छ ।

घटनास्थलमा पुगेका परिवारका सदस्यका अनुसार राजरामको  तीन वर्ष अघि मात्रै विवाह भएको थियो उनकी सात महिनाकी छोरी छिन् ।

एजेन्सी

प्रकाशित मिति : १९ जेष्ठ २०७६, आईतवार १०:३३