८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

महिला आरक्षणमा अग्रगामी छलाङ, बसमा  महिलाको भाडा नलिने सरकारको तयारी


१८ जेठ, काठमाडाैँ ।  अब दिल्लीका मेट्रो रेल र सरकारी बस प्रयोग गर्ने महिलासँग भाडा नलिने दिल्ली सरकारले तयारी गरेको छ । कुनै प्राविधिक अड्चन नआए ६ महिनाभित्र यो योजना लागू भइसक्ने गरी दिल्लीको राज्य सरकार अघि बढेको हाे। दिल्ली सरकारले यो योजना कार्यन्वयन गर्नको लागि मेट्रो रेल करपोरेशनसँग एउटा प्रस्ताव माग गरेको छ ।

दिल्ली सरकारले ‘दिल्ली मेट्रो रेल करपोरेशन(डीएमआरसी)’सँग यस योजना कसरी कार्यान्वयनमा ल्याउन सकिन्छ भनेर प्रश्न गरेको छ । यसलाई कार्यन्वयनमा ल्याउनको लागि निशुल्क पास वा अन्य के विकल्प प्रयोग गर्न सकिन्छ भन्नेमा अझै स्पष्ट भइसकेको छैन । यो योजना लागु भएमा सरकारमाथि प्रति वर्ष १२ अर्ब भारुको आर्थिक भार पर्ने प्रारम्भिक अनुमान छ । राजनीतिक विश्लेषकले अर्को वर्ष हुने दिल्ली विधानसभा चुनावलाई मध्यनजर राखेर यो कदम उठाइएको विश्वास गरेका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०७६, शनिबार १८:१८