१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

ओली सरकार पाँच वर्ष निरन्तर चल्ने माधव नेपालको घोषणा, बामदेव गाैतम गृह जिल्लामै परे ट्वाँ


१७ जेठ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीभित्रको आन्तरिक शक्तिसन्तुलनमा प्रभाव पार्ने गरी आफ्नो कित्ता क्लिएर गरेका छन । बीचमा बसेर सधैँ सरकारको बारेमा असन्तुष्टिमात्र पोखेको भन्दै आरोप लागिरहेको सन्दर्भमा नेता नेपालले शुक्रबार राजधानीमा भएको एक कार्यक्रममा सरकारबारे स्पष्ट अभिव्यक्ति दिएका छन । उनले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पाँच वर्षसम्म नै चल्ने घोषणा । नेता नेपालले भने जनताले स्थिर सरकारका लागि मत दिएको उल्लेख गर्दै नेता नेपालले ओली सरकारलाई खल्बल्याउन नहुने बताए ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटा टेलिभिजन अन्तर्वार्तामा २०७५ सालको जेठ २ गते भएको सहमतिको बुदाँ नम्बर ४ मा उल्लेख भएको ‘समानता र समान अवधिका आधारमा आवश्यक्ता अनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ भन्ने बिषयमा मुख खोलेका थिए ।यस्तै नेकपाका सचिवालय सदस्य बामदेव गौतमले शुक्रबार नै गृहजिल्ला प्यूठानमा सहमति अनुसार ओलीले दाहाललाई सत्ता हस्तान्तरण नगरे एकीकरण प्रक्रियामा समस्या हुने अभिब्यक्ति दिएका छन । गृह जिल्ला पुगेका गौतमले सहमति कार्यान्वयन भएन भने पार्टी एकीकरणमा समस्या आउने चेतावनी समेत दिए ।

वामदेव गृह जिल्लामै ट्वाँ 

नेकपा प्यूठानमा पूर्व एमालेभित्रका कार्यकर्तामा असन्तुष्टि बढेको छ । पार्टी नेतृत्वले जिल्ला कमिटीमा आफूखुसी जिल्ला कमिटी सदस्य छानेको भन्दै कार्यकर्ताहरुमा असन्तुष्टि बढेको हो । असन्तुष्टि जनाउदै कतिपय जिल्ला कमिटिमा परेका नेताहरुले सपथ समेत बहिष्कार गरेका छन । शुक्रवार विजुवारमा नेकपा प्यूठानको नेतृत्वले सफत ग्रहण गरेका छन् । १ सय ३५ जना जिल्ला कमिटी सदस्यहरु मध्ये एक दर्जन बढि सपथतमा सहभागी भएनन् । सफत खुवाउन आएका नेकपा सचिवालय सदस्य बामदेव गौतमलाई असन्तुष्ट पक्षले ध्यानाकर्षण पत्र बुझाएका छन् ।

प्रदेश कमिटी अध्यक्ष र सचिवलाई समेत ध्यानाकर्षण पत्र दिइएको पहिलेनै दिएका थिए । यसअघि एमालेको जिल्ला कमिटीको जिम्मेवारी सम्हालेका १५ जनाभन्दा बढी जिल्ला नेताहरु नेकपाको जिल्ला कमिटीमा नपरेको गुनासो छ । ‘निर्वाचित जिल्ला कमिटीलाई समेत अहिले नेकपामा राखिएन’,साविक एमालेको जिल्ला कमिटीका सदस्य गिरबहादुर सुनारले भने, ‘तर,एकपटक पनि जिल्ला कमिटीमा नबसेकाहरु अहिले सदस्य भएका छन् ।’ उनले जिल्ला कमिटी अध्यक्ष तुल्सीराम शर्मा सहितको नेतृत्व र कार्यदलमा परेकाहरुले मनोमानी रुपमा नेकपाभित्र सदस्य चुनेको आरोप लगाए ।

सुनारले नेताका दाजुभाइ, दिदिवहिनी, श्रीमती र छिमेकी, इष्टमित्रहरुलाई छानीछानी जिल्ला कमिटीमा राखेको बताए । नेकपाको जिल्ला कमिटीमा दाखाक्वाडी क्षेत्रबाट मात्रै १५ जना बढी सदस्यहरु परेका छन् । विभिन्न जनवर्गीय संगठन चलाएका, पेशागत संगठनको नेतृत्व सम्हालेकाहरुलाई समेत पाखा लगाएर आसेपासे र जुनिएर कार्यकर्तालाई कमिटीमा राखिएको आरोप छ । नेकपा एमाले प्यूठानका सस्थापक नेता बिरबहादुर सिहका छोरा विजय सिंहलाई जिल्ला कमिटिबाट हटाइको छ । भने, अर्का छोरा अजयसिह कमिटिमा बस्ने इन्चा राख्दाराख्दै पनि राखिएको छैन् ।

साविकको एमाले जिल्ला कमिटिमा रहेका राम बहादुर सिह, बिजय सिह, गिरीजा पुलामी, मनोज पुन, ज्ञानबहादुर सुवेदी, दलबहादुर केसी, भगवती विष्ट, गिर बहादुर सुनार, विष्णु बहादुर बस्नेत, शिवसंकर पोखरेल, भगवती राजभण्डारी, ललित बस्नेत, रामलाल श्रेष्ठ, खेतबहादुर रोका, गोपाल घिमिरे लगायतलाई जिल्ला कमिटिबाट हटाइएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७६, शुक्रबार २२:१७