१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

प्यूठानमा नेकपाका नेताले बामदेव गाैतमबाट सपथ लिन मानेन्, पूर्व एमाले समूहमा चर्को असन्तुष्टि


१७ जेठ, प्यूठान । नेकपा प्यूठानमा पूर्व एमालेभित्रका कार्यकर्तामा असन्तुष्टि बढेको छ । पार्टी नेतृत्वले जिल्ला कमिटीमा आफूखुसी जिल्ला कमिटी सदस्य छानेको भन्दै कार्यकर्ताहरुमा असन्तुष्टि बढेको हो । असन्तुष्टि जनाउदै कतिपय जिल्ला कमिटिमा परेका नेताहरुले सफत समेत खाएका छैनन् । साविकको माओवादीले भने कार्यकर्ताहरुसँग छलफल गरेर सदस्य टुंगो लगाएकाले विरोध आएको छैन् ।

एमाले नेतृत्वले मनोमानी गरेको आरोप छ । शुक्रवार विजुवारमा नेकपा प्यूठानको नेतृत्वले सफत ग्रहण गरेका छन् । १ सय ३५ जना जिल्ला कमिटी सदस्यहरु मध्ये एक दर्जन बढि सपथतमा सहभागी भएनन् । सफत खुवाउन आएका नेकपा सचिवालय सदस्य बामदेव गौतमलाई असन्तुष्ट पक्षले ध्यानाकर्षण पत्र बुझाएका छन् ।

प्रदेश कमिटी अध्यक्ष र सचिवलाई समेत ध्यानाकर्षण पत्र दिइएको पहिलेनै दिएका थिए । यसअघि एमालेको जिल्ला कमिटीको जिम्मेवारी सम्हालेका १५ जनाभन्दा बढी जिल्ला नेताहरु नेकपाको जिल्ला कमिटीमा नपरेको गुनासो छ । ‘निर्वाचित जिल्ला कमिटीलाई समेत अहिले नेकपामा राखिएन’,साविक एमालेको जिल्ला कमिटीका सदस्य गिरबहादुर सुनारले भने, ‘तर,एकपटक पनि जिल्ला कमिटीमा नबसेकाहरु अहिले सदस्य भएका छन् ।’ उनले जिल्ला कमिटी अध्यक्ष तुल्सीराम शर्मा सहितको नेतृत्व र कार्यदलमा परेकाहरुले मनोमानी रुपमा नेकपाभित्र सदस्य चुनेको आरोप लगाए ।

सुनारले नेताका दाजुभाइ, दिदिवहिनी, श्रीमती र छिमेकी, इष्टमित्रहरुलाई छानीछानी जिल्ला कमिटीमा राखेको बताए । नेकपाको जिल्ला कमिटीमा दाखाक्वाडी क्षेत्रबाट मात्रै १५ जना बढी सदस्यहरु परेका छन् । विभिन्न जनवर्गीय संगठन चलाएका, पेशागत संगठनको नेतृत्व सम्हालेकाहरुलाई समेत पाखा लगाएर आसेपासे र जुनिएर कार्यकर्तालाई कमिटीमा राखिएको आरोप छ । नेकपा एमाले प्यूठानका सस्थापक नेता बिरबहादुर सिहका छोरा विजय सिंहलाई जिल्ला कमिटिबाट हटाइको छ । भने, अर्का छोरा अजयसिह कमिटिमा बस्ने इन्चा राख्दाराख्दै पनि राखिएको छैन् ।

साविकको एमाले जिल्ला कमिटिमा रहेका राम बहादुर सिह, बिजय सिह, गिरीजा पुलामी, मनोज पुन, ज्ञानबहादुर सुवेदी, दलबहादुर केसी, भगवती विष्ट, गिर बहादुर सुनार, विष्णु बहादुर बस्नेत, शिवसंकर पोखरेल, भगवती राजभण्डारी, ललित बस्नेत, रामलाल श्रेष्ठ, खेतबहादुर रोका, गोपाल घिमिरे लगायतलाई जिल्ला कमिटिबाट हटाइएको छ ।

साविक जिल्ला कमिटिको तोकिएको हिस्सामा संख्या पुगेपछि मात्र नया“ थप गर्नुपर्ने एकताको निर्देशन भएपनि पुरानालाई हटाएर मापदण्ड निर्देशन विपरीत थपेको असन्तुष्ट पक्षको गुनासो छ । सफथ ग्रहणलाई सम्वोधन गर्दै प्रमुख अतिथि नेकपाका सचिवालय सदस्य बामदेव गौतमले नेकपा गठन भएको वर्षदिन वितिसकेपनि संगठन विस्तारले गति लिन नसकेको बताए । उनले पार्टीको नेतृत्वप्रति आक्रोश समेत पोखे ।

‘एक वर्षहुँदा समेत कुनै गतिविधि भएनन्’,गौतमले भने, ‘यसरी पार्टी चल्न सक्दैन ।’ २०७० मा प्यूठानबाट चुनाव जितेर काठमाडौँबाट २०७४ सालको चुनावमा पुनः वर्दिया फर्केका गौतमले त्यसपछि पहिलोपटक प्यूठानमा आयोजित कार्यक्रमलाई सम्वोधन गरेका हुन् । गौतमले मन्तव्य राख्दै गर्दा उनका स्वकीय सचिव विजयविराज विष्टले पत्रकारलाई भिडियो खिच्न रोक लगाए । तर, गौतमले आफ्नो कुरा जनतासामु पु-याउने पत्रकारलाई भिडियो खिच्न रोक्न नहुने बताए । तुलसीपुर अनलाइनबाट 

प्रकाशित मिति : १७ जेष्ठ २०७६, शुक्रबार २१:१०