११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता, ओलीले मोदीलाई दिए रुद्राक्ष उपहार  


१७ जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । मोदीको शपथ ग्रहण समारोहमा सहभागि हुन बिहीवार नयाँ दिल्ली पुगेका ओलीले शुक्रवार बिहान भेटवार्ता गरेका हुन् ।

ओली र मोदीबीच द्पिक्षीय हितका विषयमा कुराकानी भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन् ।

दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित भएकोमा मोदीलाई बधाइ दिँदै प्रधानमन्त्री ओलीले सहकार्यका अाफुहरू सधैँ लागि तयार रहेको बताएका थिए । प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा भएका सहमति कार्यान्वयनमा जोड समेत दिएका थिए ।

भेटघाटमा प्रधानमन्त्री ओलीले मोदीलाई रुद्राक्ष उपहार दिएका छन् । प्रधानमन्त्री ओली शुक्रवार नै काठमाडौँ फर्किने कार्यक्रम रहेको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०७६, शुक्रबार १४:२२