७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

प्रधानमन्त्री ओलीले आज समकक्षी मोदीसँग द्धिपक्षीय भेटवार्ता गर्दै


१७ जेठ, काठमाडाैँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहणमा सहभागी हुन दिल्ली पुगेका प्रधानमन्त्री केपी ओलीले आज समकक्षीसँग द्धिपक्षीय भेटवार्ता गर्ने भएका छन । ओली र मोदीबीच बिहान पौने १२ बजे भेटवार्ता हुने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। मोदी दोस्रो पटक भारतको प्रधानमन्त्री बनेपछि ओली र मोदीबीचको यो पहिलो भेट हो ।

भेटवार्तामा द्विपक्षीय हितका बारेमा महत्वपूर्ण छलफल हुने बताइएको छ। मोदीसँगको द्धिपक्षीय भेटवार्तापछि प्रधानमन्त्री ओली आजै स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित मिति : १७ जेष्ठ २०७६, शुक्रबार ०९:१०