७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

निश्चल र स्वस्तिमाको घामड सकिएकै हाे त ?


१६ नेठ, काठमाडाैँ । हेमराज विसीकाे निर्देशन रहेकाे चलचित्र ‘घामड शेरे’को सुटिङ सकिएको छ । त्रलचित्र ‘घामड शेरे’ मा  रियल जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भुमिका रहेको छ । सुर्खेतमा छायांकन भएकाे चलचित्र ‘घामड शेरे’मा  निश्चल र स्वस्तिमा  श्रीमान् श्रीमतीकै भूमिकामा छन् । उक्त फिल्मकाे छायांकन ३८ दिनमा सकिएको निर्देशक हेमराजले बताए ।

निश्चल र स्वस्तिमाका अलावा फिल्ममा सुष्मा निरौला र लोकेन्द्र लेखकको पनि अभिनय रहेको छ । नरेन्द्र मैनालीको छायाँकन रहेको फिल्म ३ असोजबाट प्रदर्शनमा आउने बताइएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहीबार १५:५४