१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

केपी ओलीले सहज रूपमा सत्ता हस्तान्तरण गर्नुहुन्छ भन्नेमा विश्वस्त छुः प्रचण्ड (भिडियोसहित)


१६ जेठ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सहज रूपमा सत्ता हस्तन्तरण गर्नेमा आफू विश्वस्त रहेको बताएका छन । ओली सरकारको दोस्रो बजेट सार्वजनिक भएकै दिन प्राइम टेलिभिजनको जनता जान्न चाहन्छन भन्ने पत्रकार ऋषि धमलाको कार्यक्रममा अध्यक्ष प्रचण्डले स्पष्ट शब्दमा सत्ता हस्तान्तरणमा प्रधानमन्त्री ओलीले सहजता सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन । पार्टी एकताको  समयमा भएको लिखित सहमति र अन्य समझदारीको दिशामा अघि बढ्नेमा विश्वस्त रहेको उनले बताएका छन ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादीबिच पार्टी एकता हुँदा नै ओली र दाहालबिच सत्ता साझेदारी हुने सहमति भएको विषय चर्चामा रहेपनि अध्यक्षद्धयले ठोस रूपमा केही बोलेका थिएनन् । प्रचण्डले भनेका छन ‘पार्टी एकताका बेला हामी (म र ओली जी) बिच भएको सहमति लुकेको छैन, त्यो लिखित नै छ । जसमा स्पष्ट रुपमा सत्ता सञ्चालन आलोपालोका आधारमा गर्ने भन्ने उल्लेख छ ।’ प्रचण्डले यस्तो सहमति किताबमै छापिएको पनि बतएका छन ।

ऋषि धमालको बारम्बारको दोहोरो प्रश्नमा जवाफ दिँदै प्रचण्डले भनेका छन ‘हामी अहिले पार्टीमा दुई अध्यक्ष छौँ र सत्ताको नेतृत्व उहाँ (ओली जी) ले गर्नु भएको छ । सहमति भएको भए पनि म आफूलाई प्रधानमन्त्री बन्नु पर्छ जस्तो या त्यसको लोभ छैन । जनअपेक्षा अनुसार समृद्धि र विकासका काम भए भने सत्ता ओली जी ले नै पाँच वर्षै चलाउँदा पनि मलाई फरक पर्दैन । तर मेरो भूमिका पनि स्पष्ट चाहिँ हुनु पर्छ ।’

प्रचण्डले सरकार झनझन लोकप्रिय हुँदै गएमा विगतमा जे सहमति भएको भए पनि आफूले केपी ओलीलाइ नै सरकारमा सघाउने पनि बताएका छन । उनले सुशासन र विकासको गतिमा सरकार हिड्यो भने पाँच वर्षनै ओलीले सत्ता सञ्चालन गरे पनि आफूलाइ कुनै फरक नपर्ने बताएका छन ।

भिडियो हेर्नुहोस्

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहीबार १४:१४