१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

मोदीको सपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली दिउँसो नयाँ दिल्ली जाँदै


१६ जेठ, काठमाडाैँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार नयाँदिल्ली जाँदैछन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालका अनुसार ओली दिउँसो १:३५ बजे नेपाल वायुसेवा निगमकको उडानबाट दिल्ली जानेछन् । मोदीसँग द्विपक्षीय वार्तापछि ओली शुक्रबार स्वदेश फर्किने डा अर्यालले दैनिकीलाई जानकारी दिए ।

बिहीबार साँझ ७ बजे मोदीको सपथग्रहण समारोह तय भएको छ । मोदीको सपथग्रहण समारोहमा विमस्टेक राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरु सहभागी हुँदैछन । मोदीको सपथग्रहण समारोहमा सार्क मुलुकभित्रै पर्ने पाकिस्तान, अफगानिस्तान र मालदिभ्सका सरकार प्रमुखलाई निम्ता दिइएको छैन । मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण समारोह हालसम्मकै भव्य हुने बताइएको छ । यसअघि मोदीको पहिलो कार्यकालको सपथग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहीबार ०९:१७