७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

प्रत्येक सांसदलाई ६ करोड बजेट विनियोजन, निजी आवास निर्माण गर्न ५८ अर्ब


जेठ १५, काठमाडौँ । सरकारले भूकम्पबाट भत्किएका नीजि घर निर्माण गर्न ५८ अर्ब ७३ करोड बजेट विनियोजन गरेको छ । आगामी बर्षभित्र भत्किएका सबै निजी घर पुननिर्माण गरिसक्ने पनि सरकारले घोषणा गरेको छ ।

त्यस्तै आवास र सहरी विकासका लागि ४० अर्ब ७३ करोड रकम छुट्याएको छ । ४ वर्षभित्र सबै स्थानीय तहको केन्द्रलाई कालोपत्रे सडकबाट प्रदेश राजधानी जोड्न ५ अर्ब ७ करोड छुट्याइएको छ । प्रत्येक सांसदलाई निर्वाचन क्षेत्र विकास अन्र्तगतको बजेट ६ करोड पुर्याएको छ । सांसदहरुले यसअघि ४ करोड पाउँदै आएका थिए ।त्यस्तै प्रत्येक निर्वाचन क्षेत्रमा पूर्वाधार विकासको लागि ९ अर्ब छुट्याएको सरकारले भुकम्पपछिको सबै पुननिर्माणका लागि १ खर्व ४१ अर्ब विनियोजन गरेको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार १८:४२