१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

हाँसो भन्दा आँशु धेरै हुने भित्रै पर्छु (कविता)


–तुलसी न्याैपाने

हाँसो भन्दा आँशु धेरै हुने भित्रै पर्छु

कहिलेकाही एकान्तमा रुने भित्रै पर्छु ।

 

यादहरु अमर छन स्मृतिका ती पानामा

पागलप्रेमी भाकी थिए कुनै एक जमानामा

ती यादहरु आँशुले धुने भित्रै पर्छु

हाँसो भन्दा आँशु धेरै हुने भित्रै पर्छु ।

 

घाँस, दाउरा, मेलापात गर्न मलाइ सप्पै आउछ

बेलाबखत गाइभैँसी नि दुने भित्रै पर्छु

हाँसो भन्दा आँशु धेरै हुने भित्रै पर्छु ।

 

बोकेकै हो चिसो बालुवा, कुटेकै हो गिट्टी पनि

छिनोदेखि  हम्मरसम्म छुने भित्रै पर्छु

हाँसो भन्दा आँशु धेरै हुने भित्रै पर्छु ।

 

दुःखसँग भागेर टाढा जानु छैन मलाइ

उसैसँग (दुःख) हाँस्ने अनि रुने भित्रै पर्छु

हाँसो भन्दा आँशु धेरै हुने भित्रै पर्छु ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०७४, आईतवार ११:४९