१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

१४ वर्षीया किशाेरीकाे सामुहिक बलात्कार पछि जिउँदै जलाएर हत्या, ७ जनाविरुद्ध मुद्दा दर्ता


१५ जेठ, काठमाडाैँ । भारतमा १४ वर्षीया किशाेरीलाई  सामुहिक बलात्कार पछि जिउँदै जलाएर हत्या गर्ने अाराेपी सातजनाविरूद्ध मुद्दा दर्ता भएकाे छ । आरोपलागेका सातजनालाई अहिलेसम्म पनि पक्राउ नगरिएको इन्डियन एक्सप्रेसले देखेकाे छ  । पुलिसले पीडितका पिताको उजुरीपछि मुद्दा दर्ता गरेको जानकारी दिएको छ । इन्डियन एक्सप्रेसका अनुसार मृतक किशोरी एक इट्टा भट्टामा काम गर्थिन् । इट्टा भट्टाका मालिक र अन्य ६ व्यक्तिविरुद्ध बलात्कारको मुद्दा दर्ता गरिएको छ । एजेन्सी

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार १०:५६