४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

प्रियंका छोडेर शिल्पासँग थाइल्याण्ड के गर्दै छन् आयुष्मान देशराज जोशी ?


१४ जेठ, काठमाडाैँ । प्रियंका छोडेर शिल्पासँग थाइल्याण्ड पुगेका आयुष्मान देशराज जोशी  चलचित्र ‘सानो मन’ छायांकन मा  व्यस्त देखिन्छन् । चलचित्र ‘सानो मन’को छायांकन अहिले थाइल्याण्डको राजधानी बैंककमा भइरहेको छ । चलचित्रको शिर्ष गीत ‘सानो मन’को आधा भन्दा बढी थाइल्याण्डको पताया र आसपासमा छायांकन सम्पन्न गरिएको निर्माता राजेन्द्र मानन्धरले जानकारी दिए ।

 गीतको भिडियोमा चलचित्रका मुख्य दुई पात्र नायक आयुष्मान देशराज जोशी र नायिका शिल्पा मास्के फिचरिङ छन् । भिडियोमा चलचित्र निर्देशक सुयोग गुरुङकै कोरियोग्राफी छ । चलचित्रको शिर्ष गीतमा रोहित जोन क्षेत्रीको स्वर छ भने स्वप्निल शर्माको शब्द तथा सुयोग सोताङको संगीत रहेकाे छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७६, मंगलवार १९:३४