७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नायक प्रदिप खड्काकाे जोडी बन्दै अन्जली अधिकारी 


१४ जेठ, काठमाडाैँ । नेपाली चलचित्रका चर्चित नायक प्रदिप खड्काकाे जाेडि लगभग तय भैसकेकाे हल्ला बाहिरीएकाे छ । चलचित्र ‘प्रेमगीत ३’को लागी गितकाे भुमिकाका लागि बोल माया’ बोलको भिडियोबाट चर्चामा आएकी र नयाँ भिडियो ‘गलबन्दी’ काे भिडियाेमा पनि देखिएकी चर्चित मोडल अञ्जली अधिकारी छानिएको हल्ला सुनिन थालेको हाे । हिट चलचित्र ‘प्रेमगीत’ को तेस्रो सिरिज यस चलचित्रलाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्दैछन् ।

 

मोडल अञ्जली अधिकारी अभिनेता प्रदिपकी डाइ हार्ट फ्यान पनि हुन् । उत्कृष्ट २५ मा परेकी उनलाई नै गीत क्यारेक्टरका लागी फाइनल गरिएको जानकारी बाहिरिएको छ ।तर निर्देशक सेन भन्छन् हामी यस्तो बेइमानी काम कदापी गर्दैनौँ देखाउनका लागि मात्र हामीले अडिसन गर्न लागेका होइनौं । हामी अडिसनबाटै अभिनेत्री छान्नेछौं ।

प्रकाशित मिति : १४ जेष्ठ २०७६, मंगलवार १६:३३