१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

दारी बाले ठुम्का लगाएको ‘माया बस्यो रेडिमेड’ गित सार्बजनिक (भिडियोसहित)


१४ जेठ, काठमाडौँ । सुरेश पाण्डेको कोरियोग्राफीमा सुरविर पण्डित श्याम लाल श्रेष्ठ र मनिता श्रेष्ठ ले ठुम्का लगाएको गित ‘माया बस्यो रेडिमेड’ सार्वजनिक भएकाे छ । याे चलचित्र ‘झट्का’को दोश्रो गित हाे ।  दिनेश सुबेदिको शब्द र पुरुषोत्तम न्यौपानेको संगित रहेको गितलाई मनिष रेश र सहिमा श्रेष्ठले स्वर दिएका छन् । सुरविर पण्डितलाई अन्य चलचित्र भन्दा पृथक भुमिकामा देखाइएको चलचित्रले काठमाडौँको रात्री जिबनको यथार्थ कथा भन्ने छ ।

रमेश बिसुङ्खेले निर्देशनमा रहेकाे चलचित्रकाे  निर्माता तुलसी लाल नेवा हुन भने कार्यकारी निर्मातामा शेखर बिसुङ्खे रहेका छन् । चलचित्रमा सुरविर पण्डित श्याम लाल श्रेष्ठ रक्षा गुरागाइँ ईश्वर गुरुङ मनिता श्रेष्ठ उमेश बिसुङ्खे हिक्मत कुवँर प्रदिप काफ्लेकाे मुख्य भुमिका रहेको छ। चलचित्र जेठ ३१ गतेबाट सार्बजनिक प्रदर्शनमा आउनेछ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७६, मंगलवार १५:५१