७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

विद्यालयका विद्यार्थीमाथि चक्कु हमला हुँदा १ बालिकाको मृत्यु, १९ घाइते, आराेपीद्वारा आत्महत्या 


१४ जेठ, काठमाडाैँ । जापानमा भीडभाडयुक्त पार्कमा एक युवकले मानिसहरुमाथि चक्कु  प्रहार गर्दा एक वालिकाकाे मृत्यु भएकाे छ भने १९ जना घाइते भएका छन् । घाइते मध्य १३ जना बालबालिका रहेका छन्  । घाइते बालबालिका स्थानीय क्यारिटन प्राथमिक विद्यालयका विद्यार्थी रहेको आशंका गरिएको छ । चक्कु प्रहार गर्ने व्यक्ति आफैले आफैलाई घाँटीमा चक्कु प्रहार गरेर आत्महत्या गरेका छन् ।

 

आक्रमण हुने समय स्कुल बस कुरिरहेका घाइते बालबालिका विद्यालयले  उक्त स्कुलकाे हाे भनेर हालसम्म पुष्टि गरेको छैन । अधिकांशं घाइते बालबालिका ६ वर्षदेखि सात वर्षका छन् । मंगलबार बिहान इमर्जेन्सी फोन आएको र फोनमा एक युवकले मानिसहरुमाथि चक्कु हमला गरेको कावासाकी फायर डिपार्टमेन्टका प्रवक्ताले एएफपीलाई दिएको जानकारी प्राप्त भएको बताए ।

घटनास्थलबाट दुई चक्कु बरामद गरेको स्राेतले जनाएकाे छ । शंकास्पद आक्रमणकारीको नाम सार्वजनिक नगरिएको भए पनि सो व्यक्ति ४० देखि ५० वर्षबीचको पुरुष हुन् । प्रहरीले हालसम्म आक्रमणको कारण पत्ता लगाउन सकेको छैन ।

प्रकाशित मिति : १४ जेष्ठ २०७६, मंगलवार १०:१८