१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा दाहाल सर्वसम्मत चयन


६ फागुन, काठमाडौँ । नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन हुनुभएको छ । आइतबार बिहान बसेको संसदीय दलको बैठकले पार्टी अध्यक्ष दाहाललाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो । दलको बैठकमा प्रचण्डले एमालेसँगको एकता प्रक्रियाबारे जानकारी समेत गराएको माओवादी सांसद हितबहादुर तमाङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७४, आईतवार ११:३६