४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

सैतानी कामुक आँखाहरूले तपाईंलाई बाहुबली देखेपनि फक्रेर फुल्न सक्ने सुनगाभा हो तपाईं


–तीर्थ भट्टराई

प्रतिशोधको ज्वालामा दन्किरहेका आडम्बरि बाजहरूका
सैतानी कामुक आँखाहरूले तपाइलाई बाहुबली देखे पनि
हामिलाई थाहा छ–
प्रजातन्त्र र स्वतन्त्रताका निम्ति चौध बर्ष जेल बस्ने तपाईं,
निदाउदा सपना देख्नेको भिडमा ब्युझिएरै समृद्धिको खाका लेख्ने तपाईं
तिनै बाजहरूको बिचमा, तिनैको कलम भित्र लुकाएको बारूदमा पनि
फक्रेर फुल्न सक्ने सुनगाभा हो तपाईं !!

हामी मुठ्ठी कसेर भन्न सक्छौ
तपाइ,समृद्ध नेपाल र सुखि नेपालिको
सारथि हुनुहुन्छ,
दम्दार छ तपाइको छाति,च्वे गोभाराको जस्तै
कोमल छ तपाइको मन, मदर टेरेसाको जस्तै
आफ्नै शरिरको अंङ्ग समेत सापटि लिएर जिउने तपाइ,
अझै पनि सगरमाथाको जस्तै उकालो चढ्न सक्नुहुन्छ।
जिबनका आदम्य पहाडहरू उक्लिन सक्नुहुन्छ !
सुखि नेपालि र समृद्ध नेपालको परिकल्पना पुरागर्ने,
अझै तपाइमा आदम्य जोश, जागर र आँट देखिन्छ !!!

स्वभिमान खोसिएको र स्वाधिनता लुटिएको
बगौचाको माली हैन तपाईं,
बहारहरू बेचिएको र कोपिलाहरू रेटीएको
कुनै चम्पा चमेलि हैन तपाईं,
तपाइ त
बनै ढकमकाउने पारिजात हो,
मरूभुमिमा पनि थुङ्गा बनेर फुल्न सक्ने
सुनगाभा हो,
पहरामा लहराउन सक्ने साँझको दियो हो,
फाटेका मनहरू टाल्न सक्ने सियो हो !!

हो, तपाइ अझै विकास र समृद्धिको छाल बनेर छल्किनु पर्छ,
सुशासन र स्बभिमानको आँधि र सुनामि बनेर आँउनु पर्छ ,
अनिमात्र शैतानि कलमबाट प्रतिशोधका
ज्वाला ओकल्नेका छानाहरू आफै उड्नेछन् !!
प्रतिशोधको ज्वालामा दनदनि दन्किएका बाजहरू
परेवाको भिडमा फेरि डढ्नेछन !!
तिनका शैतानि कलमभित्रका बारूदका ढिस्काहरू आफै लड्नेछन !

#We_always_support_you_our_respected_PM

प्रकाशित मिति : १२ जेष्ठ २०७६, आईतवार २३:४०