१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

स्पेनमा फोहर बोक्ने ट्रकको ठक्करबाट स्याङ्जाका २३ वर्षीय पुजन कोइरालाको मृत्यु


१३ जेठ, काठमाडाैँ । स्पेनको बार्सिलोना नगरपालिकाको फोहोर बोक्ने ट्रकले ठक्कर दिँदा एक जना नेपालीको घटनाथलमै मृत्यु भएको छ । स्याङ्जाको विरूवा गाउँपालिका-६ चिन्ने घर भई विगत दश महिनादेखि बार्सिलोना बस्दै आएका २३ वर्षिय पुजन कोइरालाको मृत्यु भएको त्यहाँको प्रहरीलाइ उधृत गर्दै पत्रकार दिपेन्द्र गजुरेलले जानकारी दिएका छन ।

कोइराला विद्यार्थी भिषामा एक वर्ष अघि जर्म पुगेका थिए । गजुरेलका अनुसार स्पेनमा वैधानिक रूपमा काम गर्ने कागजपत्र नभएको हुँदा कोइरालाले रातिमा गाभो अनलाइन होम डेलिभर सर्भिसको समान पुर्याउने काम गर्दथे । सोहीक्रममा उनी दुर्घटनामा परेका हुन ।

प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार ०९:१९