११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

शाहरुख खानले यस कारण साथीकाे श्रीमानलाई थप्पड हानेका थिए 


११ जेठ, काठमाडाैँ । बलिउड अभिनेता संजय दत्तको घरमा आयोजना गरिएकाे पार्टिमा शाहरूख खानले शिरिष कुन्दनलाई थप्पड हानेका थिए । फिल्म फेयर अवार्ड समारोहपछि संजय दत्तले एक सक्सेस पार्टी राखेका थिए । उक्त पार्टीमा थुप्रै बलिउड कलाकारको उपस्थिती थियो । स्रोतका अनुसार राती करिब ३ बजे शिरिष र शाहरुखबीचको झगडा सामान्य भनाभनबाट सुरु भयो ।

स्रोतका अनुसार भनाभनपछि शाहरुख बाथरुम गए, त्यहाँ शिरिष पनि पुगे । त्यहाँ पनि उनले शाहरुखलाई केही भने । दुबै जब बाहिर आए तब शाहरुखले शिरिषको कानमा केही भने । त्यसपछि शिरिषले शाहरुखलाई बेस्सरी धकेले । आफूलाई धकेलेपछि रिसाएका शाहरुखले शिरिषलाई बेस्सरी थप्पड हाने । दुबैबिच विवाद बढेको देखेर सञ्जय दत्तले बचाउ गरे र त्यहाँ उपस्थित बडिगार्डले दुबैलाई छुट्टाए ।

विवाद र चर्काचर्की धेरै दिनसम्म चलेको थियो । यहाँसम्म कि यसको असर शाहरुख र फराहको दोस्ती पनि परेको थियो । तर रिस बिर्सिएर फराह र शाहरुख पुनः साथी भए । सन् २०१४ मा उनीहरुले ह्याप्पी न्यू इयरमा सँगै फिल्ममा काम गरे ।एजेन्सी

प्रकाशित मिति : ११ जेष्ठ २०७६, शनिबार ११:५८