७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

प्रधानमन्त्री रोजगार कार्यक्रम गरिब लक्षित बनाउन श्रम मन्त्री विष्टको आग्रह


जेठ १०, काठमाडाैँ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई गरिब नागरिक लक्षित बनाउन श्रम, रोजगार तथा सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रदेश र स्थानीय तहलाई आग्रह गरेका छन् । शुक्रबार काठमाडौँमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बिष्टले यस्तो आग्रह गरेका हुन् ।

मन्त्री बिष्टले शिक्षा, सेवा, औद्योगिक उत्पादन, अस्पताललगायतका क्षेत्रमा रोजगारीको अवसर कति छ भन्ने तथ्यांक खोज्ने र त्यसको जानकारी नागरिकलाई उपलब्ध गराउने समेत बताए । त्यसका लागि रोजगार सूचना प्रणाली स्थापना गर्ने तयारी गरेको जानकारी दिए ।

मन्त्री विष्टले रोजगारीको अवसर नपाएकाहरुलाई जीवन निर्वाहका लागि बेरोजगार भत्ता दिने निर्णय गर्नुपरेको पनि बताए ।

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार १९:२५