१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

भारतकाे लोकसभा चुनावमा जम्मा ५ भोट पाएपछि यसरी रोए उम्मेदवार ! (भिडियो) 


जेठ १०, काठमाडौँ । भारतमा लोकसभा चुनावमा जालन्धरको एक मतगणना केन्द्रमा अनौठो दृश्य देखियो । शटर बनाउने नीतू शटरांवाला बिहीवार आँसु चुहाउँदै मतगणना केन्द्रबाट बाहिरिए । चुनावमा हारेर मात्र उनको आँसु चुहिएको भने हैन ।

उनले भने, ‘मेरा परिवारमा ९ सदस्य छन् तर मैले जम्मा ५ भोट पाएँ । मेरो गल्लीमा बस्ने सबैजनाले मलाई भोट दिने वाचा गरेका थिए । मैले एक महिना पसलमा नबसेर मानिसहरूसँग भेटघाट गरें तर उनीहरूले भोट दिएनन् । मेरै परिवारका मानिसले पनि मलाई धोका दिए ।’

हारबाट निराश नीतूले अबदेखि कहिल्यै चुनाव नलड्ने बताएका छन् । नीतू मतगणना केन्द्रमै रुँदा मानिसहरूले उनका कुराको भिडियो रेकर्डिङ गरेर सामाजिक सञ्जालमा पोस्ट गरे । अन्तिम मतगणनामा नीतूले ८५६ भोट ल्याए ।

 

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार ११:३४