८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

चुनावकाे पूर्ण नतिजा नआउँदै प्रधानमन्त्री ओलीले मोदीलाई यसरी दिए बधाई


जेठ ९, काठमाडौँ । चुनावकाे पूर्ण नतिजा नआउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले विधानसभा निर्वाचनको प्रारम्भिक मतगणनामा भारतीय जनता पार्टी (भाजपा)ले उत्साहजनक मतपरिणाम ल्याएपछि भारतीय समकक्षी नरेन्द्र मोदीलाई ट्वीटरमार्फत बधाई दिएका हुन् ।

‘लोकसभा निर्वाचनमा उत्साहजनक नतिजा हासिल गरेकाेमा म प्रधानमन्त्री नरेन्द्र मोदीलाई हार्दिक बधाई दिन चाहन्छु’, ओलीले ट्वीटमा भनेका छन्, ‘पूर्ण सफलताका साथै आगामी दिनमा तपाईँसँग मिलेर कामगर्न तत्पर छु ।’

 

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहीबार १४:२५