११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

भारतीय लोकसभा चुनाव मतपरिणाम : वाराणसीबाट प्रधानमन्त्री मोदी डेढ लाख मतले अगाडि


९ जेठ,  एजेन्सी । पछिल्लो मतपरिणामअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उत्तर प्रदेशको वाराणसीमा झण्डै डेढ लाख मतले अगाडि रहेका छन् । मोदीले २ लाख ४९ हजार मत प्राप्त गर्दा उनकी निकटतम प्रतिद्वन्द्वी सपा–बसपा गठबन्धनकी उम्मेदवार शालिनी यादवले ७४ हजार मत प्राप्त गरेकी छिन् । त्यस्तै तेस्रो नम्बरमा रहेका कांग्रेसका उम्मेदवार अजय रायले ४४ हजार मत ल्याएका छन् ।

सुरुवाति मतगणनामा बीजेपी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन(एनडीए) ३०० भन्दा बढी सिटमा अगाडि रहेको छ । बीजेपी एक्लैले २८० भन्दा बढी सिटमा अगाडि रहेको छ । कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन(यूपीए) १०० आसपास सिटमा अगाडि रहेको छ भने अन्य दल १०० भन्दा बढी सिटमा अगाडि रहेका छन् । ५४३ सिट रहेको भारतीय लोकसभामा सरकार बनाउन २७२ सिट आवश्यक पर्छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहीबार १२:४९