६ बैशाख २०८१, बिहीबार | Fri Apr 19 2024

भारतीय लोकसभा चुनावकाे मत परिणाम : शनि देवल ५० हजार मतले अगाडि


९ जेठ, एजेन्सी । भारतीय लोकसभा चुनावको मतगणना जारी छ । भारतीय निर्वाचन आयोगका अनुसार, भारतीय जनता पार्टी सबैभन्दा अघि छ । पूर्व बलिउड अभिनेता तथा भारतीय जनता पार्टीका उम्मेदवार शनि देवल पनि मतगणना चलिरहँदा निकै अगाडि देखिएका छन् ।

पञ्जाबको गुरुदासपुरबाट चुनावी मैदानमा उत्रिएका शनि देवल निकटमत प्रतिद्वन्द्वी भारतीय कांग्रेसका सुनिल जखारभन्दा झण्डै ५० हजार बढी मतले अगाडि छन् ।

ताजा मतगणना अनुसार, शनिले दुई लाख ५६ हजार आठ सय ७१ मत प्राप्त गर्दा सुनिलले दुई लाख ७ हजार छ सय आठ मत प्राप्त गरेका छन् । गुरुदासपुरबाट चुनावी मैदानमा उत्रिएका अन्य पार्टीका उम्मेदवार भने निकै कमजोर देखिएका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहीबार १२:२६