१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

भारतीय लोकसभा चुनावः बेगुसराइमा गिरिराज कन्हैया कुमारलाई पछि पार्दै अगाडि


९ जेठ, एजेन्सी । भारतीय लोकसभा चुनाव २०१९ को मतगणना बिहिबार बिहानदेखि सुरु भएको छ । मतगणनाको सुरुवाती परिणाम अनुसार बेगुसरायमा भारतीय कम्युनिष्ट पार्टीका उम्मेद्वार कन्हैया कुमारलाई भारतीय जनता पार्टीका उम्मेद्वार गिरिराज सिंहले पछि पारेका छन् ।

भारतमा मात्रै नभई नेपालमा समेत चर्चित रहेका कन्हैया जवाहरलाल नेहरु विश्वविद्यालयका पूर्व विद्यार्थी नेता हुन् । उनको चुनाव प्रचारमा विभिन्न सेलिब्रिटीसमेतको सहभागिता रहेको थियो ।

उत्तर प्रदेशको अमेठीमा भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीलाई  बिजेपी उम्मेद्वार तथा केन्द्रीयमन्त्री स्मृती इरानीले पछाडि पारेकी थिइन् । राहुल गान्धी केरलको वायनाडबाट पनि उठेका छन्, त्यहाँ बाट भने उनि ५ हजारभन्दा बढी मतले अगाडि छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहीबार ११:२३