८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

पार्टीले दिएकाे जिम्मेवारी स्वीकार्छु राजिनामा दिन्नः रञ्जित तामाङ


८ जेठ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी सङ्गठन (अनेरास्ववियु) का सहअध्यक्ष रञ्जित तामाङले पार्टीले दिएको जिम्मेवारी ग्रहण गर्दै पार्टी एकतालाई पूर्णता दिन लागिपर्ने बताउनुभएको छ ।

प्रेस सङ्गठन झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहअध्यक्ष तामाङले ‘मलाई दिइएको पद र जिम्मेवारीबाट म पछि हट्दिनँ’, उहाँले भन्नुभयो, “पार्टी एकताका त्याग र समर्पण गर्नुपर्छ, म गर्छु । सहअध्यक्ष तामाङले आफूलाई पार्टीले जिम्मेवारी दिने विषयमा अन्याय भएको बताउनुभयो । ‘म पदबाट राजिनामा दिन्नँ’, उहाँले भन्नुभयो, “मेरो मूल्याङ्कलन गरेर मलाई पार्टीले अर्को जिम्मेवारी दिनुपर्छ ।”

प्रकाशित मिति : ८ जेष्ठ २०७६, बुधबार १७:३५