७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

थाइल्याण्डका लागि आवासीय राजदूतमा गणेशप्रसाद ढकाल नियुक्त


७ जेठ, काठमाडाैँ । परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाल थाइल्याण्डका लागि नेपालको आवासीय राजदूतमा नियुक्त हुनुभएको छ । आज राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई नियुक्त गर्नुभएको हो ।

नेपालको संविधानको धारा २८२ बमोजिम उहाँलाई मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । गत पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले थाइल्याण्डसँगै विभिन्न देशमा रिक्त राजदूत पदमा नियुक्तिको सिफारिस गरेको थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०७६, मंगलवार २०:०४