१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

राजनीतिक संरक्षणमा व्यापारको साम्राज्य खडा गरिरहेका अजेयराज सुमार्गीले कर तिर्न अटेर गरे


७ जेठ, काठमाडाैँ । राजनीतिक संरक्षणमा व्यापारको साम्राज्य खडा गरिरहेका व्यवसायी अजेयराज सुमार्गीले कर तिर्न अटेर गरेका छन ।  सुमार्गीको स्वामित्वमा रहेको नेपाल स्याटेलाइट टेलिकमले ४ अर्ब ३१ करोड ९५ लाख रुपैयाँ कर पुँजीगत लाभ कर तिर्न अटेर गरेका हुन ।

आयकर ऐन अनुसार कारोबारको २५ प्रतिशत पूँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था अनुरुप गएको ११ वैशाखमा आन्तरिक राजस्व कार्यालयले अन्तिम कर निर्धारण गरेको थियो । १ अर्ब ४० करोड ८७ लाख रुपैयाँ लाभ कर निर्धारण भएकोमा ब्याज र हर्जना समेत जोड्दा ४ अर्ब ३१ करोड रुपैयाँ पुगेको हो ।

अन्तिम कर निर्धारण गरेर रकम भुक्तानी गर्न आग्रह गर्दै कार्यालयले इमेल र हुलाकमार्फत पत्राचार गर्दा कम्पनीले पत्र बुभफ्न अस्वीकार गरेको आन्तरिक राजस्व कार्यालय बानेश्वरले जनाएको छ । सुमार्गीले नेपाल स्याटेलाइट टेलिकमको सेयर टेलिया सोनेरालाई बिक्री गर्दा पूँजीगत लाभ वापतको कर छलेका थिए ।

 

प्रकाशित मिति : ७ जेष्ठ २०७६, मंगलवार ०६:५९