११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

हिमाल दोलखा हाइड्रोपावरको आइपिओ जेठ १४ देखि खुल्ने


जेठ ६, काठमाडाैँ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको आइपिओ जेठ १४ गतेदेखि बिक्री खुला हुने भएको छ । १ सय रुपैयाँ प्रतिकित्ताको १६ लाख कित्ता सेयर आयोजनाको अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका वडा नं.९, १० र माइ नगरमापलिका वडा नं.९ का बासिन्दाले यो आइपिओका लागि आवेदन दिन सक्नेछन् । न्युनत्तम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सम्मका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटलले जनाएको छ ।

आवेदन दिने अन्तिम मिति जेठ २८ गतेसम्म हो । यदि सो समयमा पर्याप्त आवेदन नपरेको अवस्थामा भने असार १३ गतेसम्मका लागि समय थप हुनेछ । क्रेडिट रेटिङ कम्पनीले यस आइपिओका लागि ग्रेड ४ दिएको छ । इलाममा हिमाल हाइड्रोपावरका दुइवटा आयोजना निर्माण भइरहेको छ । जसमा माइखोला साना जलविद्युत आयोजना ४.५ मेगावाट र माइखोला क्यासकेड जलविद्युत आयोजना ८ मेगावाटको रहेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार १९:०२