१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नागिन मौनी रोयसँग के गर्दै छन् सलमान खान ?


६ जेठ, काठमाडाैँ । बलिउड सुपरस्टार सलमान खानले आफ्नो नयाँ फिल्म दबंग थ्रीमा आफ्नी पूर्व भाई बुहारी मौनी रोयलाई चुनेका छन् । सलमानले  मलाईका अरोरालाई किक आउट गर्दै  आफ्नो नयाँ फिल्म  दबंग थ्रीमा नायिका रोयलाई आइटम डान्सका लागी रोजेका हुन् । २०१० मा रिलिज भएको दबंग सिरिजको तेस्रो फिल्ममा फिल्मको ओरोजिनल कास्ट सलमान र सोनाक्षी सिन्हा मुख्य भुमिकामा देखिँदै गर्दा दबंग थ्रीमा नायिका मौनी रोयले आइटम डान्स गर्ने भएकीछिन् ।

मौनीको यो गीतको सुटिङ अर्को हप्ता वसई स्टुडियोमा हुने भारतीय मिडियाले जनाएकाे छ । डिएनएले आफ्नो स्रोतको हवाला दिँदै सुटिङका लागि सेटको काम पूरा गर्न लागिएको बताइएको छ । मौनीसँग आइटम गीतमा सलमानले रोमान्स गर्ने पक्का पक्की छ । यसअघि सलमानले क्याट्रिना, ऐश्वर्या, लगायतका सुन्दरीहरुसँग रोमान्स गरिसकेका थिए ।

 

प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार १८:३०