१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण गरिने


६ जेठ, काठमनडाैँ । नागार्जुन नगरपालिकाले ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिरहेको छ । नरपालिकामा बसोबास गर्नै ज्येष्ठ नागरिकले रकम अभावका कारण रोग लुकाएर बस्न नपरोस् भन्ने उद्देश्यले निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम शुरु गरिएको नगर उपप्रमुख सुशीला अधिकारीले बताउनुभयो । उक्त कार्यक्रम नगरपालिकाका १० वटै वडामा सञ्चालन भइरहेको छ ।

हरेक वडामा स्वास्थ्य जाँचका लागि आवश्यक उपकारण र औषधिको व्यवस्थापन गरिएको छ । नगरपालिकाले स्वास्थ्य सुविधालाई नागरिकको पहुँचसम्म पु¥याउन प्रत्येक वडामा स्वास्थ्यचौकी स्थापना गरी निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकामार्फत प्रदान गरिँदै आएको सेवालाई अझ विस्तार गरी यसको प्रभावकारिता अभिवृद्धि गर्ने बताइएको छ । हालसम्म महिला स्वास्थ्य स्वयंसेविकाले गरेको योगदानको कदर गर्दै उनीहरुले पाइरहेको प्रोत्साहन भत्तामा वृद्धि पनि गरिने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार १६:५०