८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

चर्चित गायिका तथा नायिका २६ बर्षिया सेलेनाले किन बिहे गर्दैछिन् ६८ वर्षिय बिल मुर्रेसँग ?


६ जेठ, एजेन्सी । चर्चित गायिका ताथ नायिका सेलेना गोमेजले ‘द डेड डोन्ट लाइ’ का सहकर्मीसँग आफूले विवाह गर्न लागेको बताएकी छिन् । सेलेनाले ‘द डेड डोन्ट लाइ’का सहकर्मी बिल मुर्रेसँग विवाह गर्न लागेको खुलासा इन्टाग्राममार्फत् गरेकी हुन् ।

सेलेना कान्स फिल्म फेस्टिबल सहभागी भएकी थिइन् । पहिलाेपटक कान्सको रेड कार्पेटमा हिँड्दाको अनुभव उनले सामाजिक सञ्जालमार्फत शेयर गरेकी छिन् । उनले लेखेकी छिन्, ‘म यो फिल्मको सदस्य हुन पाउँदा निकै भाग्यमानी महसुस गरिरहेकी छु । अँ साँच्ची, म र बिल मुर्रे विवाह गर्दैछौं ।’

६८ वर्षे मुर्रेले भ्यानिटी फेयरसँगको कुराकानीमा गोमेजको निकै तारिफ गरेका थिए । उनले भनेका थिए, ‘मलाई उनी निकै मनपर्छ । उनी निकै तीक्ष्ण छिन्, असाध्यै दयालु पनि । आफूलाई मनपर्ने पप आइकन भेटिँदा निकै खुसी छु ।’

यद्यपी, सेलेनाको मुर्रेसँग विवाह गर्ने भन्दै ठट्टा मात्र गरेकाे बताइएके छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७६, सोमबार १५:०९