१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मन्दिर दर्शन गर्न हिडेका मानिस चढेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु


५ जेठ, बैतडी । बैतडीेेमा आइतबार भएको जीप दुर्घटनामा ज्यान गुमाने सबैको सनाखत भएको छ । बिहान बैतडीको नानीगाडमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको थियो । प्रहरीका अनुसार जिल्लाको दशरथचन्द नगरपालिका १० बाराकोटबाट देहीमाण्डौ हुँदै नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जीप दशरथचन्द नगरपालिका ११ नानीगाड भन्ने स्थानमा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार ज्यान जानेमा दशरथचन्द नगरपालिका-१०, बाराकोटका अन्दाजी ४५ वर्षका हिराबल्लभ भट्ट, त्यसै ठाउँका अन्दाजी ६५ वर्षीय नरुली भट्ट र अन्दाजी ६० वर्षका लालमणि भट्ट रहेका छन । जीपमा देवताल मन्दिरको दर्शनका लागि ६ जना चढेका थिए ।

प्रकाशित मिति : ५ जेष्ठ २०७६, आईतवार १९:२०