११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

यि हुन् दोश्रो विवाह गर्ने नेपाली सेलिब्रेटीहरु


५ जेठ, काठमाडाैँ । नेपालमा थुप्रै सेलिब्रेटीहरूले दाेस्राे विवाह गरेका छन् । प्रियंका कार्की –फूलमाला गरेका र असारमा बिहेको तयारीमा रहेका भनिएका प्रियंका कार्की र आयुष्मान देशराज श्रेष्ठको सम्बन्ध पनि चर्चामा छ । आयुष्मानका लागि पहिलो भए पनि कार्कीका लागि यो दोस्रो बिहे हुँदैछ । यसअघि उनी रोचक मैनालीसँग बिहे गरी अमेरिका छिरेकी थिइन् ।

निखिल उप्रेती र संचिता लुइँटेल–नेपाली फिल्म उद्योगसँग सम्बन्ध राख्ने धेरैका यस्ता सेकेन्ड म्यारिज छन् । खासगरी नाम चलेका कलाकारका पनि । यसै मध्येमा पर्छन् अभिनेता निखिल उप्रेती र संचिता लुइँटेल । यो जोडीका दुवैका लागि दोस्रो बिहे थियो ।

पूजा चन्द–त्यसो त दोस्रो बिहे गरेर विदेशमा भासिने कलाकार पनि कम छैनन् । धेरै अभिनेत्री कान्छी पत्नी हुने चर्चाका रूपमा पनि आएको थियो । सूरज चन्दसँग बिहे गरेकी अभिनेत्री पूजा चन्दले अमेरिकामा दोस्रो बिहे गरिन् ।

भुवन केसी–सेकेन्ड म्यारिज गरी जीवनलाई अगाडि बढाउने मध्येका कलाकारमा पर्छन्, भुवन केसी । उनी तेस्रो बिहेको तयारीमा रहेको पनि चर्चा छ । सुस्मिता बोमजनसँग उनको दोस्रो बिहे थियो, जसबाट अभिनेता अनमोल केसीको जन्म भएको थियो ।

रेखा थापा र छविराज ओझा– अभिनेत्री रेखा थापासँग तेस्रो बिहे गरेका थिए, निर्माता छविराज ओझाले । ओझा र थापाको वैवाहिक सम्बन्ध राम्रो नभएपछि थापा अर्को बिहेको तयारीमा छिन् भने ओझाको अभिनेत्री शिल्पा पोखरेलसँग लिभ इन रिलेशन रहेको चर्चा छ । कतिपयले भने उनीहरूले बिहे नै गरिसकेको पनि दाबी गर्छन् ।

 

हरिवंश आचार्य ररमिला पाठक– पत्नी मिराको निधन भएपछि विछिप्त भएका कलाकार हरिवंश आचार्यले पनि रमिला पाठकसँग दोस्रो बिहे गरेका थिए । बसुन्धरा भुसालको मध्यस्तताका आधारमा रमिलाले पनि आचार्यलाई स्वीकारिन् । यो पनि दुवैका लागि दोस्रो बिहे थियो ।जीवनलाई एकल हिसाबले सहज रूपमा चलाउन नसकिने भएपछि धेरैले दोस्रो लगन कस्ने गरेका हुन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७६, आईतवार १८:४१