१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कर्णाली–रारा पर्यटन वर्षको तयारी अन्तिम चरणमा


–दीपेन्द्र शर्मा
२४ चैत, सुर्खेत । ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को तयारी अन्तिम चरणमा पुगेको छ ।


कर्णाली प्रदेश सरकारको आयोजनामा यही वैशाख १ गतेबाट रारा तालमा शुरु हुने पर्यटन वर्षको तयारीको काम अन्तिम चरणमा पुगेको मुख्यमन्त्री समेतको कार्यभार सम्हालेका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।
कर्णालीको राराबाट प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेर ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
मन्त्री ज्वालाका अनुसार कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को शुभारम्भका लागि सुरक्षा, आवास, भोजन, स्वागतलगायतका तयारी पूरा भएका छन् । पर्यटन वर्षलाई सफल बनाउनका लागि प्रदेशका १० वटै जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा कर्णाली प्रदेश पर्यटन प्रवद्र्धन समिति गठन गरिएका छन् । यसका साथै कालिकोट, डोल्पा र हुम्लामा पनि पर्यटन वर्षको तयारी पूरा भएको जानकारी दिए ।
उनका अनुसार पर्यटन वर्षलाई सफल पार्न १० वटै जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उपप्रमुख, नेपाल पत्रकार महासंघका अध्यक्ष सदस्य रहेको समिति गठन गरिएका छन् । रासस

प्रकाशित मिति : २४ चैत्र २०७४, शनिबार १६:३१