१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एक युवकले बहिनी जिस्काउने साथीलाई छुरा प्रहार गरी  हत्या गरे


५ जेठ, काठमाडाैँ ।  धनकुटाको महालक्ष्मी नगरपालिका –२ का २५ वर्षीय घनेन्द्र लिम्बुले आफ्नै साथी २२ वर्षीय सन्तोष लिम्बुकाे बहिनी जिस्काएकाे निहुँमा  छुरा प्रहार गरी  हत्या गरेका छन् । घनेन्द्रले धारिलो हतियार प्रयोग गरी सन्तोषको हत्या गरेकाे प्रहरीले जनाएको छ ।

सन्तोष र घनेन्द्र वैशाखे पूर्णिमाको अवसरमा साकेला थानी मन्दिरमा लाग्ने उभौली मेलामा सँगै खानपिन गरि रातभर नाँचगान गरेका थिए । बिहानीपख आफ्नो बहिनीलाई आँखा लगाएको आरोपमा घनेन्द्रले सन्तोषलाई छुरा प्रहार गरी हत्या गरिदिए । सन्तोषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

छुरा प्रहार गर्ने घनेन्द्रलाई प्रहरीले पक्राउ गरेको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याईएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए ।

प्रकाशित मिति : ५ जेष्ठ २०७६, आईतवार १५:०५