१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

धादिङकाे गल्छीबाट बाघको छालासहित नुवाकोट विदुरका ३ जना पक्राउ


५ जेठ, काठमाडाैँ । धादिङकाे गल्छिबाट बाघकाे छालासहित नुवाकाेटका ३ जना पक्राउ परेका छन् । गल्छि गाउँपालिका वडा नं ७ मा रहेको हाम्रो होटलबाट केन्द्रिय अनुसन्धान व्यूरो‚ प्रहरी चौकी गल्छी र डिभिजन वन कार्यालय धादिङको संयुक्त टोलीले १ थान बाघको छालासहित ३ जनालाई पक्राउ गरेको हो ।

नुवाकोट विदुर नगरपालिका वडा नंवर २ का सुमन दर्जी, विष्णु बहादुर सुनार र कुमार खड्का पक्राउ परेका हुन् । उनीहरुलाई कारबाहीको लागि जिल्ला बन डिभिजन कार्यालय धादिङमा ल्याईएको र यसबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७६, आईतवार १३:३४