१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

गाेरखामा मासु खाए ५० हजार जरिवाना, मासु खाएकाे सुचना दिए १५ हजार इनाम


५ जठ, काठमाडौं । गाेरखामाकाे एउटा वडा कार्यलयले मासु खान प्रतिबन्ध लगाएकाे छ ।  उक्त कार्यलयले  मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ । साथै कसैले यसको उल्लंघन गरे ठूलो मात्रामा जरिबाना तिर्नुपर्नेछ । वडाभित्र पशुपन्छी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार र किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिवाना हुने चुमनुब्री गाउँपालिका–४ का अध्यक्ष पेमा डुन्डुप लामाले जनाएका छन् ।

अध्यक्ष लामाले कोही कसैले काटमार गरेको घटनाबारे सूचना दिनेलाई १५ हजार रुपैयाँ इनाम दिने निर्णय गरेका छन् ।’ यो नियमबारे गाउँपालिका र प्रहरीलाई समेत जानकारी गराइएको उनले बताए ।

अध्यक्ष लामाका अनुसार जरिबानाबापत संकलन हुने रकम अहिंसा अभियानमै खर्च गरिनेछ । आफ्नाे वडा क्षेत्रभित्र काटेर खाने उद्देश्यले चौपाया किनबेच नगर्न छिमेकी वडामा समेत लामाले पत्राचार गरेका छन् ।

चुमनुब्री–१ को सामागाउँ, २ को ल्हो, ४ को प्रोक, ५ को बिही, ६ को चुम्चेत र ७ को छेकम्पार गाउँ (पहिला सबै गाविस थिए) विगतदेखि काटमार निषेधित मानिन्छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७६, आईतवार १०:२७