१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

सिँचाइ, विद्युत् र सडकको विकास गरेर प्रशस्त रोजगारी सिर्जना गर्नुपर्छः मन्त्री विष्ट


५ जेठ, विराटनगर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मानिसको मनोविज्ञानसँग जोडेर गरेको विकासले सार्थकता पाउने बताउनुभएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत प्रदेशस्तरीय अन्तर्क्रिया गोष्ठी तथा समझदारी पक्रमा हस्तारक्षर कार्यक्रमको शनिबार विराटनगरमा उद्घाटन गर्दै मन्त्री विष्टले नेपाल अहिले पनि विकासको प्रारम्भिक अवस्थामा नै रहेको बताउनुभयो ।

उहाँले सिँचाइ, विद्युत् र सडकको विकास गरेर प्रशस्त रोजगारी सिर्जना गर्नुपर्छ भन्नुभयो । संविधानबाट प्रदत्त अधिकारलाई कार्यान्वयन गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम आएको भन्दै मन्त्री विष्टले संविधानले मानिसको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई सुरक्षित गरेको बताउनुभयो ।

प्रदेश नं १ का सामाजिक विकासमन्क्री जीवन घिमिरेले स्थानीय तहमा सरकारले तोकेका रोजगार संयोजकले चाहिने जनशत्तिको प्रक्षेपण पनि हुने तथा यसबाट माग र पूर्तिमा सन्तुलन कायम गर्न मद्दत पुग्ने विचार व्यक्त गर्नुभयो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव महेशप्रसाद दाहालले कार्यक्रमबाट सरकारले बेरोजगारलाई १०० दिन रोजगार दिने र यसका लागि उहाँले बेरोजगारको प्रमाणपत्र देखाउनुपर्ने भन्दै रोजगार दिन नसक्ने अवस्थामा उहाँहरुलाई वर्षमा ५० दिनको निर्वाह भत्ता दिने सरकारको योजना रहेको जानकारी दिनुभयो ।

मन्क्रालयका सहसचिव सुमन घिमिरेले कार्यत्रमले बेरोजगारलाई रोजगारी सुनिश्चित हुने र यसका लागि स्थानीय तहका पदाधिकारीले नतिजामुखी काम गर्नुपर्ने कुरामा जोड दिनुभयो । रासस

प्रकाशित मिति : ५ जेष्ठ २०७६, आईतवार ०६:५१