१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

नुवाकोटका बालक काठमाडौँकाे तारकेश्वरमा बाख्राकाे खोरमा थुनेर राखेकाे अवस्थामा भेटिए


४ जेठ, काठमाडाैँ । काठमाडाैकाे तारकेश्वरमा २ महिना देखी एक ११ वर्षीय बालक बाख्राकाे खाेरमा थुनिएर बस्न विबस छन् । आमा अर्कैसँग गएपछि र बाबुले पनि अर्कै बिहे गरेर छुट्टै बसेपछि मानसिक सन्तुलन गुमाएका एक ११ वर्षीय बालक बाख्रा थुन्ने खोरमा नरकीय जीवन बिताइरहेका छन् ।

बालक काठमाडौंको तारकेश्वर नगरपालिकास्थित शुभकामना चोक नजिकै एक खोरमा थुनिँदै आएका छन् । नुवाकोटको तारकेश्वर गाउँपालिका ६ स्थित खड्गभज्याङ घर भइ सो स्थानमा बस्दै आएका मुकुन्द दुवाडी मानसिक सन्तुलन गुमाएका आफ्ना ११ वर्षीय नाती मन्दीपलाई २ महिनादेखि घर छेउमा रहेका खोरमा थुन्न बाध्य छन् ।

मुकुन्दका अनुसार मन्दीप जन्मजातनै शारीरिक र मानसिक रुपमा अपाङ्ग हुन् । बर्बराउने, रिसाउने, हाँस्ने, डराउने व्यवहार गर्ने मन्दीप बोल्न सक्दैनन् । नातीको उपचारका लागि धामीझाँक्रीदेखि अस्पतालसम्म चहार्नुपर्ने जति सबै ठाउँ चहारिसके पनि अवस्थामा सुधार आउन नसकेको दुवाडीले बताएका छन् ।

शारीरिक र मानसिक दुवै रुपमा अपाङ्ग रहेका मन्दीपलाई छाडेर आमा दुर्गा १४ महिनाअघि अर्कैसँग हिँडेको मुकुन्दले बताए । बुहारी दुर्गा त्यस्ताे छाेराे छाडेर अर्कै केटासँग भागेपछि मन्दीपका बुबा श्यामले पनि अर्कै बिहे गरेकाे मुकुन्द बताउँछन् ।  उनीहरु हाल नारायणगोपाल चोक नजिकै बस्दै आइरहेको बताइएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७६, शनिबार १४:५४