१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

माेवाइलमा खेलिने गेम पब्जी पार्टनरसँग बिहे गर्न पतिसँग सम्बन्ध विच्छेद


३ जेठ, काठमाडाैँ । माेवाइलमा खेलिने गेम पब्जीकाे पार्टनरसँग विवाह गर्न भारतकी एक युवतीले आफ्ना पतिसँग सम्बन्ध विच्छेदको प्रस्ताव राखेकाे घटना सार्वजनिक भएकाे छ । विश्वभरका बालबालिका, युवायुवतीमा लोकप्रिय छ । याे घटना भारतको गुजरात राज्यस्थित अहमदावादमा सार्वजनिक भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

एक १९ बर्षिया युवतीले त्यहाँको महिला हेल्पलाइन अभयममा फोन गरी पतिसँग सम्बन्ध विच्छेद गराइदिन सहयोग मागेकी थिइन् । त्यसक्रममा कारणचाहिँ पब्जी खेल्ने साथीसँग बिहे गर्ने बताइन् । उनकी एक बर्षभन्दा कम उमेरकी एक छोरी समेत रहेको बताइएको छ ।

उनको बिहे एउटा विल्डिङ कन्ट्रयाक्टरसँग १८ बर्षको उमेरमा भएको थियो । उनले आफ्नो प्रस्तावपत्रमा केही महिना पहिला पब्जी खेल्न सुरु गरेकी र सहरका एक एक्टिभ युवासँग परिचय भएको खुलासा भएकाे छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७६, शुक्रबार २०:००