१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

नायिका पूजना प्रधानकाे विरुद्धमा १० प्रतियाेगी,  के भएको थियो घटना ?


३ जेठ, काठमाडाैँ ।  बैशाख २९ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको ‘द सुपर मम’ नामक प्रतियोगिताकाे आयोजक नेपाली चलचित्रकी नायिका पुजना प्रधानलाई पक्षपाती ढंगले निर्णय गरेकाे अाराेप लागेकाे छ ।

आफूहरुको आत्मसम्मानमा ठेस पुर्याउने गरी पैसाको चलखेलमा निर्णयकर्ताको निर्णयलाई बेवास्ता गरी मनोमानी ढंगले निर्णय गरेको उनीहरुको आरोप छ ।  प्रतियोगिहरूले पाएको ताज तथा मेडल समेत आजै फिर्ता गरेको घोषणा गरेका छन् ।

 

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा सहभागी १० जना प्रतियोगीहरुले एकै स्वरमा यस्तो दाबी गरेका हुन् । नायिका प्रधानले आयोजना गरेको उक्त प्रतियोगितामा  १६ जना प्रतिष्पर्धीहरु सहभागी थिए ।

आफूहरुले निर्णय माग्दा आयोजकबाट उल्टै हातपात तथा गालीगलौजको प्रयास भएको भन्दै उनीहरुले गम्भिर असन्तुष्टि पोखेका छन् । आयोजक प्रधान र उनकी आमाले उक्त प्रतियोगितालाई सुनियोजित, प्रायोजित र षड्यन्त्रमूलक ढंगले पहिलो र तेस्रो बनाउने पूर्व योजना भएको पनि खुल्न आएको उनीहरुको दाबी छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७६, शुक्रबार १८:३९